निगमको जहाज मर्मतमा गम्भीर त्रुटी भएको सांसद्‍को ठहर, प्राधिकरणका डीजी प्रदीप अधिकारीको राजीनामा माग



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज मर्मतमा गम्भीर त्रुटी भइरहेको पूर्वमन्त्री तथा रास्वपाका सांसद डोलप्रसाद अर्यालले बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले प्राधिकरण आफैं नियामक र सेवाप्रदायक हुनुले हवाई उडान सुरक्षामा सुधार हुन नसकेको बताए । जबसम्म प्राधिकरणलाई नियामक र सेवाप्रदायक छुट्याउनुपर्छ । प्राधिकरण नेतृत्वको कमजोरीले हवाई उड्डयन सुरक्षामा कमजोरी हुँदै गइरहेकोले पनि प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले तत्काल राजीनामा दिनुपर्ने भनाइ अर्यालको छ।

उनले नेपालको हवाई क्षेत्रको विश्वास घटेकोले त्यसलाई बढाउन आवश्यक भएको बताए ।

संसद तोसिमा कार्कीले नेपालको हवाई क्षेत्रको नकारत्मक सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा गएकोले बताइन् । उनले पनि नेपालको हवाई उड्डयनमा निगामकको कमजोरीले नै उड्डयन सुरक्षा कमजोर हुँदै गएकोसहतिको विषयलाई उठान गरेकी छन् ।

संसद सोविता गौतमले राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै संसदमा बोल्ने संसादहरुले नियामकको कमजोरीले उड्डयन सुरक्षा कमजोरी भएको दाबी गरे ।

प्राधिकरणले अन्तर्राष्ट्रिय निकायले दिएको सुझावसम्म पालना नगरेर कमजोरी भएको पनि गौतमको प्रस्तावमाथि संसदमा छलफल हुने छ ।


क्लिकमान्डु