अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाएको आरोपमा एक जना पक्राउ



एजेन्सी । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाएको आरोपमा ह्युस्टन प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अमेरिकामा नेपाली पत्रकारहरुले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले ति व्यक्तिलाई ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको हो ।

ति व्यक्ति मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो । उनीविरुद्ध अहिलेसम्म बयान मात्र लिइएको र कुनै किसिमको मुद्दा दायर नगरिएको समाचारमा जनाइएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।


क्लिकमान्डु