
काठमाडौं । अर्थ मन्त्रालयले ५ दर्जन उपसचिवको सरुवा गरेको छ । सचिव र सहसचिवको सरुवा गरिसकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपसचिवहरुको पनि जिम्मेवारी हेरफेर गरेका हुन् ।
५८ उपसचिवको सुरुवा भएकामा १० जना अर्थ मन्त्रालय भित्रिएका छन् भने ७ जना बाहिरिएका छन् । यसैगरी १२ उपसचिवलाई आन्तरिक राजस्व विभाग पठाइएको छ ।
३ उपसचिव भन्सार विभागको निर्देशक बनेर सरुवा हुँदा भन्सार अधिकृतमा ३ जनाको, प्राकृतिक स्रोत तथा वित्त आयोगको उपसचिवमा २ जनाको र बाँकी विभिन्न कर कार्यालयको प्रमुख कर अधिकृतका रुपमा सरुवा भएको छ ।
अर्थ मन्त्रालयमा सरुवा हुने उपसचिवहरु सुदिश कुमार अर्याल, शशी भट्टराई, शरद निरौला, दया नन्द के.सी., किशोर ढकाल, सम्झना बराल, राजेन्द्र बन्धु अर्याल, डोलिन्द्र प्रसाद शर्मा, अमित पौडेल र तुलसी प्रसाद चौलागाई रहेका छन् ।



प्रतिक्रिया