निजी विमान कम्पनीसँग कमिसन लिनका निगमको जहाज ग्राउण्डेड गरिएको सांसदको आशंका



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भए पनि इटालीमा ९० दिनदेखि राखिएको उनले बताए ।

इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर निगमले घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको उनको भनाइ छ ।

उनले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको उनको भनाइ छ ।


क्लिकमान्डु