ब्रम्हचारी कलेजमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कर्यक्रम सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंकको आयोजनामा सिरहाको ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय मिर्चैया मार्फत उक्त कलेजमा वित्तीय साक्षरता कार्यक्रम गराएको हो । कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरु वित्तीय साक्षरता कार्यक्रममा सहभागी थिए ।

उक्त कार्यक्रममा ७० जनाभन्दा बढी विद्याथीहरुको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकका कर्मचारी तथा प्रशीक्षकहरुले उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमाअपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

साक्षरता कार्यक्रममा बोल्दै कलेजका प्रमुख सन्जयकुमार साहले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रम सकारात्मक रहेको बताए । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।


क्लिकमान्डु