सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दै



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । निकै उतार चढाबका बिच बजारमा सामान्य सुधार देखिएको हो ।
बजार मापन गर्ने सूचक ३.८० अंकले बढेर परिसूचक २७८६.४० बिन्दु कायम भएको छ ।

कारोबारमा बैंकिङ समूहको १४.६१, होटल ६.८१, जलविद्युत १६.७९, उत्पादन तथा प्रशोधन २.३१, अन्य ससूहको १.९८ अंकले बढेको छ ।

कारोबारमा विकास बैंक ४४.३५, वित्त ६२.०२, जीवन बिमा ६१.२८, माइक्रोफाइनान्स ५७.०६, निर्जीबन बिमा १३१.६०, ट्रेडिङ समूहको उपसूचक ५५.३९ अंकले घटेको छ । कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ ।

३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार कित्ता सेयर १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, माई खोला हाईड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट तहमा कारोबार भएको छ ।


क्लिकमान्डु