नेप्सेको आँगनमा ललितपुरको साँढे



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो प्राङगण (आँगन)मा साँढेको प्रतिमा स्थापना गरेको छ ।
नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।

लामो समयदेखि नेप्सेले साँढेको प्रतिमा राख्ने तयारी गरेको थियो । अहिले भने नेपालमा नै बनेको साँढेको प्रतिमा राख्न थालिएको हो । नेप्सेका अनुसार ललितपुर जिल्लाको पाटनमा नेपाली कालिगढाहरुले बनाएको साँढे राख्न लागिएको हो ।

२०७२ वैशाख १२ गते गएको भूकम्प पनि नेप्सेका केही भौतिक संरचनामा क्षति पुगेको थियो । भौतिक संरचनामा क्षति पुगेपछि भित्ता तयार पर्ने, फूल रोप्ने, बगैचा बनाउने र साँढेको प्रतिमा बनाउने कार्य योजना बनेको थियो । सोही योजना अनुसार एउटै निर्माण व्यवसायीले काम गरिरहेको छ ।

सम्भवत दशैंसम्म नेप्सेको प्राङगणमा साढेको प्रतिमा तयार हुने प्रवक्ता मुराहरी पराजुलीले बताए । विश्वका सबै स्टकमा साँढेको प्रतिमा राख्ने चलन रहेको छ । नेपालमा पनि अब बन्ने निश्चित भएको छ ।


क्लिकमान्डु