धितोपत्र बोर्डमा १० वर्षदेखि सरकार नै ढाल्ने गरि चलखेल हुने गरेको छ: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका सांसद डा.स्वार्णिम वाग्लेले नियामक निकायलाई नीतिगत भ्रष्टाचारको अखडा नबनाउन के कस्ता व्यवस्था गर्न लागिएको छ भन्ने महत्वपूर्ण भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा वाग्लेले कम्पनीको अध्यक्ष राजनीतिक शक्तिको आडमा नियुक्त गर्ने विषयमा विचार गर्नुपर्ने समय आएको बताए ।

सेबोन, टेलिकम, नागरिक उड्डयन प्राधिकरणमा समस्या आउनुमा महंगो भ्रष्ट राजनीतिक भएको उनको तर्क छ । ठूला पदको किनबेच, लेनदेन हुने, नियामक निकायमा बसेर नीतिगत भ्रष्टाचार गर्ने, पैसा असुल्ने काम हुने गरेको उनले आरोप लगाए ।

धितोपत्र बोर्डमा १० वर्षदेखि चलखेल जारी रहेको र त्यसले सरकार नै ढल्ने अवस्था रहेको उनले उल्लेख गरे । यसलाई रोक्न यो सरकारले पहल गर्नुपर्ने वाग्लेले बताए ।

नियामक निकाय बजारभन्दा बढी जान्ने हुँदा, नियामक निकायमा बढी चलखेल हुने हुँदा वित्तीय रुपमा संकट आउने गरेको वाग्लेको भनाइ छ ।


क्लिकमान्डु