डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरेको छ ।

मंगलबार वनस्थलीमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पूर्वमहामन्त्री ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

बैठकका निर्णय जानकारी गराउँदै पार्टीका कायममुकायम प्रवक्ता मनिष झाले बैठकले अनुशासनात्मक कारबाहीअन्तर्गत पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी दिए ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा जानकारी गराएका थिए । बैठक आश्विन १ र २ गते हुन लागेको राष्ट्रिय भेला सम्बन्धी तयारीबारे छलफल भएको बताए ।

उनकाअनुसार बैठकले राष्ट्रिय भेला सम्बन्धी तयारीका लागि १५ वटा उपसमिति गठन गरेको बताए ।

वडादेखि नै छायाँ सरकारको परिकल्पना गरी त्यसको अभ्यास गरिरहेको र त्यसको कार्यविधि बैठकमा प्रस्तुत गरिएको जानकारी दिए ।


क्लिकमान्डु