सेबोन अध्यक्षको चयन ६३ लाख लगानीकर्ताले भोट दिएर गर्नुपर्छ: मनिष झा



काठमाडौं । सांसद मनिष झाले भ्रष्टाचार अन्त्यका लागि धितोपत्र बोर्डमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने हो भने धितोपत्र बोर्डमा राजनीतिक भागवण्डा बन्द गर्नुपर्ने उनले बताए ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले राजनीतिक दरबन्दी नहुँदा भ्रष्टाचार कम हुँदै जाने बताए ।

९ महिनासम्म बोर्डका अध्यक्ष नभएको उल्लेख गर्दै उनले राजनीतिक दल निकट मान्छे नभेटेर वा देशमा योग्य मान्छे नभेटेर अध्यक्ष नियुक्त नभएको हो भन्दै प्रश्न गरे ।

धितोपत्र बोर्डले ७ महिनासम्म तलब दिन नसक्ने, घाटामा रहेको सिमेन्टले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न दिएको उनले बताए । यसले सेबोन कति कमजोर छ भनेर देखाएको झाको भनाइ छ ।

बोर्डमा अध्यक्ष बनाउने हो भने रणनीतिक योजना मगाउने र ६३ लाख लगानीकर्तालाई भोट दिएर अध्यक्ष नियुक्त गर्ने व्यवस्था गर्न सुझाव दिए ।


क्लिकमान्डु