केईका तीन वटा ब्राण्ड सार्वजनिक, कुनको मूल्य कति ?



काठमााडैं । लक्ष्मी ई मोबिलिटीले ले ल्याएको ‘केई’ ब्राण्डका तीन वटा नयाँ मोडेलका गाडीको मूल्य सार्वजनिक भएको छ ।

नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ल्याएका तीन वटा गाडीको मूल्य सार्वजनिक भएको हो ।

इक्वीट–०२ को मूल्य १९ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसले २०० किलोवाटसम्म रेञ्ज दिन्छ । यस्तै ३०० किलो मिटरसम्म रेञ्ज भएको गाडीको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तै इक्वीट ०४ को ३०० किलो मिटरसम्म रेञ्ज दिने गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । एक्स बी प्रो ईभीको डिलक्सको मूल्य ४९ लाख ९६ हजार र फ्ल्ग्यापसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शा मा यो गाडी किन्नेले एक वर्षको बिमा, एक वर्षको सडक करको सुविधा पाउनेछन् ।


क्लिकमान्डु