बसको ठक्करवाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर तनावग्रस्त



राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करवाट एक युवकको मृत्यु भएपछि हनुमाननगर बजारक्षेत्र तनाबग्रस्त बनेको छ ।

शुक्रबार बिहानैबाट उक्त क्षेत्र तनावग्रस्त छ । बिहीबार साझ पौने ७ बजे हनुमाननगर कंकालनी नपा५ जोगनियास्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजबिराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक हनुमाननगर कंकालिनी ७ का २२ वर्षीय धुरुप मण्डल गम्भीर घाइते भएका थिए ।

घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायण सिहं अस्पताल राजबिराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको बिरोधमा स्थानीय बासिन्दाहरुले बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडी टायर बालेर बिरोध गरेका थिए ।

शुक्रबार बिहान स्थानीयहरुले हनुमाननगर बजार बन्द गराउँदै बिरोध प्रदर्शन गरिरहेका छन् ।


क्लिकमान्डु