सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको हो ।

यसअघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु