मौसमको खराबीले पोखरा उडान ठप्प, केही गन्तव्यको उडानमा ढिलाइ



काठमाडौं । बुधवार बिहानै देखिको खराब मौसमका कारण काठमाडौंबाट हुने विभिन्न गन्तव्यको उडान प्रभावित भएको छ । काठमाडौंबाट पोखरामा हुने उडान बुधबार ठप्प छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा हुने सबै उडान प्रभावित भएको छ । यो गन्तव्यवमा जाने र आउने दुबै उडान ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ ।

आन्तरिक टर्मिनल विभागका अनुसार बिहानैदेखि मौसमको प्रतिकुलताका कारण पोखरामा कुनै पनि उडान हुन सकेन भने पोखराबाट उडेको एउटा उडान पनि काठमाडौं आउन नसकेपछि भैरहवा डाइभर्ट भएको छ ।

मौसम खराबीले हुन नसकेको भरतपुर विमानस्थल दिउँसो २ बजे मात्रै खुलेको छ । यो विमानस्थलमा बुद्ध एयर र श्री एयरको मात्रै उडान हुने गरेको छ ।

काठमाडौं विमानस्थलमा विहानैदेखि इस्टुमन्टल फ्लाइट रुल्स (आइएफआर) मात्रै भएकोले केही उडान ढिलो भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु