यस्तो छ सहकारी बैंकको गत वर्षको वित्तीय अवस्था



काठमाडौं । सहकारी बैंक नोक्सानमा गएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक १ अर्ब ७५ करोड ४२ लाख २७ हजार ७१५ रुपैयाँ नोक्सानमा छ । अघिल्लो आवको सोही अवधिमा बैंक २० करोड ४३ लाख ७४ हजार ९०७ रुपैयाँ नाफामा रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ६१ करोड ३६ लाख ८७ हजार ७५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ६ करोड ७४ लाख ५७ हजार ७३३ रुपैयाँमा सिमित भएको छ ।

असार मसान्तसम्म बैंकले ब्याज आम्दानी बढाएको भएपनि ब्याज खर्च बढ्ना खुद ब्याज आम्दानी घटेको छ । खु्द ब्याज आम्दानी घटेको बैंकको सञ्चालन नाफा नोक्सानमा जाँदा बैंक नोक्सानमा गएको छ ।

गत आवको असार मसान्तसम्म सञ्चालन नाफा २ अर्ब २० करोड ४० लाख ५३२ रुपैयाँ नोक्सानमा रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी ६२ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ । खराब कर्जा ७.९५ प्रतिशतबाट बढेर २१.९१ प्रतिशत पुगेको छ । यो अवधिमा बैंकको खराब कर्जा १७५.५९ प्रतिशतले बढेको छ ।

बैंकको सेयर पुँजी असार मसान्तसम्म २ अर्ब ७८ ९२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८० करोड ८० लाख ३९ हजार ७०० रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ र


क्लिकमान्डु