सहुलियतपूर्ण कर्जाको बक्यौता सवा खर्ब



काठमाडौं । सरकारले दिएको सहुलियतपूर्ण कर्जाको बक्यौता सवा १ खर्ब पुगेको छ ।

सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८१ असार मसान्तमा १ खर्ब २६ अर्ब ८२ करोड कर्जा बक्यौता रहेको छ । १ लाख २० हजार २७४ ऋणीलाई प्रवाह भएको कर्जाबाट उक्त रकम बक्यौता रहेको हो ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ३५६ ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड कर्जा रहेको छ ।

महिला उद्यमशील कर्जा अन्तर्गत ७१ हजार ८८३ महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३५ ऋणीको १ अर्ब ६३ करोड कर्जा बक्यौता रहेको छ ।


क्लिकमान्डु