सिटिजन्स बैंकको भिडियो प्रतिस्पर्धाका विजेता पुरस्कृत



काठमाडौं । सिटिजन्स बैंकले फेसबुक भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस/हजुरको प्रगतिको सहयात्री’ शीर्षकको भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको हो ।

प्रतियोगिता सम्पन्न भएसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहबीच सम्मानस्वरुप चेक हस्तान्तरण गरेका हुन् ।

जसअनुसार उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश: नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरियो ।

१८ वर्षदेखि अनवरत रुपमा सर्वसाधारणलाई गुणस्तरीय एवं सुरक्षित बैंकिङ सेवा, सुविधा प्रदान गर्दै आएको यस बैंकले व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्ति वा संघसंस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको थियो ।

जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतिको लागी श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागि बुवाको भूमिका निकै महत्वपूर्ण हुने कुरा भिडियो निर्माताहरुले दर्शाएका छन् ।


क्लिकमान्डु