मनकामना इन्जिनियरिङ हाइड्रोपावर ४ करोड बढी नोक्सानमा



काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी नोक्सानीमा गएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनी ४ करोड १६ लाख ४३ हजार ८८५ रुपैयाँ नोक्सानमा रहेको छ ।
कम्पनीले विद्युत विक्रीबाट हुने आय बढाएपनि नाफा भने बढाउन सकेको छैन ।

कम्पनीले असार मसान्सम्म १० करोड ९३ लाख १३ हजार ७८६ रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको छ ।
कम्पनीको ग्रस नाफा ९ करोड ५ लाख २४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वित्तीय लागत ९ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २१ पैसा नोक्सानमा रहेको छ। यस्तै प्रतिसेयर नेटवर्थ ६८ रुपैयाँ ०४ पैसा रहेको छ । कम्पनीको ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।


क्लिकमान्डु