सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशंका (भिडियो)



काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ ।

स्थानीय पासाङ सोनाम शेर्पाले खोलामा ठूलो बाढी आएको जानकारी दिए । केही दिनदेखि वर्षा भइरहे पनि यति ठूलो बाढी आउने अवस्था नभएकोले माथिल्लो भेगमा हिमताल फुटेको हुन सक्ने स्थानीयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (क्षेत्री) ले पनि बाढी आएको जानकारी दिँदै हिमताल फुटेको वा हिमपहिरो गएको यकिन नभएको बताइन् । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि अनुरोध गरेको छ ।

प्राधिकरणले सोलुखुम्वु जिल्ला खुम्वु पासाङल्हामु गाउँपालिका वडा न ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्वुको जोरसल्लेदेखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।


क्लिकमान्डु