दुई मनी एक्स्चेन्जको लाइसेन्स रद्द



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र रद्द गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो ।

काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरिएको जानकारी केन्द्रीय बैंकले एक सूचनामार्फत् गराएको छ ।

केन्द्रीय बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप – विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जानकारी राष्ट्र बैंकले गराएको छ ।


क्लिकमान्डु