हिमालयन रिइन्स्योरेन्सको नाफा १ अर्ब २८ करोड



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले असार मसान्तसम्म १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढी हो ।

घिल्लो आवको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ८२.७५ ले बढेर ५ अर्ब ४५ करोड ८४ लाख १८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कमिशनबाट हुने आय ४२.०८ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६६ लाख २९ हजार रुपैयाँ छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ ।


क्लिकमान्डु