युट्युबकी पूर्वप्रमुख सुसनको ५६ वर्षको उमेरमा निधन



एजेन्सी । युट्युबकी पूर्वप्रमुख सुसन वोजसिकीको ५६ वर्षको उमेरमा निधन भएको छ । गुगलका सीईओ सुन्दर पिचाइले सुसनको निधनबारे खबर सार्वजनिक गरेका हुन् । सुसन पछिल्लो २ वर्षयता फोक्सोको क्यान्सरबाट ग्रसित थिइन् ।

पिचाइले सुसनको निधनबारे ट्विटरमा लेख्दै गुगलको इतिहासमा उनको कुनै पनि व्यक्तिको भन्दा कम महत्त्वपूर्ण भूमिका नरहेको प्रतिक्रिया दिएका छन् ।

साथै सुसनको निधनले अविश्वसनीय रुपमा दुखी बनाएको उल्लेख गरेका छन् । विजसिकी गुगलको प्रारम्भिक चरणमा कर्मचारी थिइन् । साथै गुगलको उच्च स्तरीय भूमिकामा रहेर काम गर्ने अति कम महिला कर्मचारीमध्ये सुसन एक थिइन् ।

सुसन २०२३ सम्म युट्युबको प्रमुखको रुपमा कार्यरत थिइन् । ९ वर्ष प्रमुख रहेर उनले २०२३ मा परिवार र स्वास्थ्यको हेरचाह गर्न भन्दै राजीनामा दिएकी थिइन् ।

यद्यपि युट्युबको प्रमुख रहँदा कोरोना महामारीको अवधिमा अनलाइनमार्फत गलत सूचना फैलाएको भन्दै सुसन आलोचित पनि बनेकी थिइन् । ५ सन्तानकी आमासमेत रहेकी सुसनको निधनपछि उनका पति डेनिस ट्रोपरले दुख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् ।


क्लिकमान्डु