हकप्रद सेयर निष्कासन गरेको हिमालय ऊर्जा विकासको नाफा र प्रतिसेयर आम्दानी घाटामा



काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
असार मसान्तसम्म कम्पनीको नोक्सान घट्दै गएको छ । नाफामा भने जान सकेको छैन ।

असार मसान्तसम्म कम्पनी १५ करोड ३५ लाख रुपैयाँबाट घटेर १४ करोड ९१ लाख २९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवको सोही अवधिकामा कम्पनी १५ करोड ५३ लाख ८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनी नाफामा जान नसकेको भएपनि नोक्सान भने घटाउँदै लगेको छ ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानी बढेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको नोक्सान घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले विद्युत बिक्री गरेर २६ करोड ७४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवको सोही अवधिमा २७ करोड ५६ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ ।

असार मसान्तसम्म कम्पनीको कुल आम्दानी ३३ करोड २९ लाख १४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २८ करोड ३ लाख ९८ हजार रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा २२ करोड १६ लाख ९३ हजार रुपैयाँबाट बढेर २७ करोड ६७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ भने प्रति सेयर नेटवर्थ ६६ रुपैयाँ ६० पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ३३ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले साउन २४ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ ।


क्लिकमान्डु