सम्पत्ति विवरण पेश नगर्नेहरुले जरिवाना कहाँ तिर्ने ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी र जरिवानावापत तिर्ने रकम प्राप्त गर्ने व्यवस्था मिलाउन बैंकहरुलाई पत्र लेखेको छ । केन्द्रीय बैंकले सरकारी कारोबार गर्न इजाजतप्राप्त वाणिज्य बैंकहरुलाई ५ हजार रुपैयाँ राजस्व स्वीकार गर्न परिपत्र गरेको हो ।

केन्द्रीय बैंकको बैंकिङ विभागको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार अबगत भइ सोहीअनुसार गर्न तथा गराउन भनेको हो ।

अख्तियारले राष्ट्र बैंकले लेखेको अति गोप्य पत्रमा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण फारम भरी तोकिएको समयभित्र पेश नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले जरिवानावापत तिर्ने ५ हजार रुपैयाँ संघीय राजस्व खाता नं. १४३१२ खुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोड नं. २०६००३५०१ मा ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन उल्लेख छ । अख्तियारको सोही पत्रका आधारमा राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गरेको हो ।


क्लिकमान्डु