सेयर बजारले मात्र अर्थतन्त्र धानेको छ भन्नु गलत, लगानीकर्ताको हितमा बोलेको हुँः पूर्वअर्थमन्त्री महत
काठमाडौ । पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले ‘सेयर बजारले मात्र अर्थतन्त्र धानेको छ’ भन्नु गलत भएको बताएका छन् । अर्थसमितिको बैठकमा बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतै कतै चलखेल हुने गरेको बताए । उनले यस्ता चलखेल रोक्न नियामक निकायलाई सुझाव दिए ।
अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौती पुर्ण रहेको बताए । महतले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताए ।
अध्यक्ष नियुक्त रोकिनुले बजारमा नराम्रो असर परेको उनको बुझाइ छ । उनले संसदमा बोलेको विषयमा आम लगानीकर्ताको विषयमा जानकारी दिएको बताए । केही कम्पनीको सेयर बजार किन अस्वभाविक बढेको विषयमा प्रश्न गरेको र बजार बढ्नु हुँदैन भनेर नभनेको दाबी गरे ।
‘लगानीकर्ताको हितमा बोलेको हो त्यसमा मलाई केही खेद छैन,’ उनले भने,’संसदमा भनेको कुराले कसैको मनमा बिझेको छ भने मलाई मतलब छैन,आम लागानीकर्ताको हितमा बोलेको छु ।’
उनने धितोपत्र बोर्डसँग सम्बन्धित काम गर्ने निकायका कर्मचारीकै मिलोमतोमा भित्री कारोबार हुने गरेको दाबी गरे ।
आफूले अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिएपछि अहिले के भयो थाहा नभएको बताए । त्यस्तै नियमक निकायलाई फेरि फेरि प्रतिनिधि फेरिनु राम्रो नहुने उनले बताए ।