एक डिम्याट खाताबाट अर्कोमा सेयर हस्तान्तरण तत्कालका लागि स्थगन, प्रणाली सुधार गर्दै सिडिएससी



काठमाडौं । सिडिएससीले एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर हस्तान्तरण गर्ने कार्य (बीओ–बीओ) तत्कालका लागि स्थगन गरेको छ ।

सिडिएससीले केही समयमा नै आफ्नो प्रणालीमा परिमार्जन गरी छिटो छरितो बनाउन लागेको जनाएको छ ।
बीओ–बीओ उल्लेख्य रुपमा बृद्धी भएकाले बुधबारबाट अर्को सूचना जारी नभए सम्म यो व्यवस्था स्थगन भएको छ ।

बैंकबाट बन्धकी राख्नको लागि अनिवार्य गर्नु पर्ने र कुनै आर्थिक दायित्व सिर्जना हुने पुष्टि हुने कागजात भएको हकमा मात्र बीओ–बीओ कार्य गरी स्वीकृतीका लागि पठाउन अनुरोध गरेको छ ।

बीओ–बीओ नहुँदा लगानीकर्तालाई दोस्रो बजारमा हुने खरिद-बिक्रीमा कुनै बाधा उत्पन्न नहुने सिडिएससीले जनाएको छ ।


क्लिकमान्डु