राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका काफ्लेको निधन भएपछि सोमबार अन्तिम संस्कार गरिएको हो ।

युवराज खतिवडा गभर्नर हुँदा काफ्ले डेपुटी थिए । सहायक निर्देशक पदबाट सेवा सुरु गरेको काफ्ले वर्तमान गभर्नर महाप्रसाद अधिकारीसँगै डेपुटी गभर्नर बनेका थिए ।

२०७२ पुसदेखि डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका काफ्ले काठमाडौंको मण्डिखाटारमा बस्दै आएका थिए ।

डेपुटी गभर्नर रहँदै उनको नाम गभर्नरमा सिफारिस भएको थियो ।


क्लिकमान्डु