सिद्धार्थ बैंकको नाफा ३ अर्ब बढी



काठमाडौं । गत आर्थिक वर्षमा सिद्धार्थ बैंकले ३ अर्ब १ करोड ५५ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।\

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४.७७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब १६ करोड ६७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको ब्याज आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको छ भने कर्जा नोक्सानी व्यवस्था बापत छुट्याएको रकम बढेको छ । जसले गर्दा बैंकको नाफा घटेको छ । बैंकको ब्याज आम्दानी ६.९६ प्रतिशतले घटेर २५ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी २.३३ प्रतिशतले घटेर ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ६.१० प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले छुट्याएको कर्जा नोक्सानी व्यवस्था ३.७१ प्रतिशत बढेर १ अर्ब २३ करोड १६ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता २.६ प्रतिशत रहेको छ ।

बैंकले असार मसान्तसम्म २ खर्ब ४१ अर्ब ३२ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९५ अर्ब ३२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १३ अर्ब २१ करोड ४ लाख रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी २१.४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १९६.३६ रुपैयाँ र पीई रेसियो १३.२२ प्रतिशत छ । बैंकको निष्क्रिय कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत कायम भएको छ । बैंकको कुल निष्क्रिय कर्जा ०.९६ प्रतिशतबाट घटेर ०.७५ प्रतिशत रहेको छ ।

बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा १३७.४१ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म १२९.७ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ७८.७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु