एभरेष्ट बैंकले ३० प्रतिशत लाभांश दिन सक्ने, नाफा १०.०७ प्रतिशतले बढ्यो



काठमाडौं । एक वर्षमा एभरेष्ट बैंकको नाफा १०.०७ प्रतिशतले बढेर ३ अर्ब ७० करोड ६ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले । ३ अर्ब ३६ करोड २१ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको ब्याज आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफामा सुधार आउँदा नाफा बढेको छ । यो अवधिमा बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम ६३.३९ प्रतिशतले घटाएको छ ।

बैंकको ब्याज आम्दानी ०.२४ प्रतिशतले बढेर २२ अर्ब ४५ करोड ४९ लाख रहेको छ । खुद ब्याज आम्दानी ३.३५ प्रतिशतले बढेर ७ अर्ब ६६ करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेर ४ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले छुट्याएको कर्जा नोक्सानी व्यवस्था ६३.३९ प्रतिशत घटेर २८ करोड २४ लाख मात्र प्रोभिजन थप गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता २९.८६ प्रतिशत रहेको छ । वाणिज्य बैैंकमा सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्ट बैंकको रहेको छ ।

बैंकले २०८१ असार मसान्तसम्म २ खर्ब ३२ अर्ब ३१ करोड ६६ रुपैयाँ बराबरको निक्षेप परिचालन गरेर १ खर्ब ७९ अर्ब ६४ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १२ अर्ब २५ करोड ८२ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३६.०६ रुपैयाँ र पीई रेसियो १८.२२ प्रतिशत छ ।

यस अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७९ प्रतिशतबाट घटेर ०.७१ प्रतिशत कायम भएको छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा २६१.४२ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म २३५.६४ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ८०.२९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु