आव २०८०/८१ को वित्तीय विवरण: सबल नबिल, कमजोर माछापुच्छ्रे, प्रभुको १५ गुणा बढी, एनआईसी खस्कियो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेका छन् । उनीहरुले राष्ट्र बैंकको व्यवस्थाअनुसार अन्तिम दिन अर्थात् सोमबार विवरण प्रकाशन गरेका हुन् ।

प्रकाशित वित्तीय विवरणअनुसार बैंकहरुको नाफा बढेको छ । सञ्चालनमा रहेका २० बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । उनीहरुले गरेको नाफा अघिल्लो आवमा गरेको ५६ अर्ब ५७ करोडभन्दा साढे ८ अर्ब अर्थात् १३.४ प्रतिशत बढी हो ।

२० मध्ये नाफा बढाउने र घटाउनेको संख्या १०–१० रहेको छ । यीमध्ये सबैभन्दा बढी नाफा वृद्धि प्रभु बैंकले १५ गुणा बढीले गरेको छ भने एनआईसी एशियाको नाफामा सर्वाधिक गिरावट आएको छ । २० बैंकमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल हो भने सबैभन्दा कमजोर माछापुच्छ्रे देखिएको छ । नबिलले १ आवमा ७ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा गर्दा माछापुच्छ्रेको १ अर्ब २५ करोडमात्र छ ।

कसको नाफा कति ? वृद्धिदर कति ?


क्लिकमान्डु