स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो  त्रैमाससम्म स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनमा ४.५१ प्रतिशतले कम हो ।

अघिल्लो आवको सोही अवधिमा बैकले ३ अर्ब ४६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख ६७ हजार छ । बैंकको लाभांश दिने क्षमता २६.५ % रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सन्चालन नाफा घटदा बैकको नाफा प्रभावित भएको छ ।

बैकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख ६ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा र प्रतिसेय नेटवर्थ २१८ रुपैयाँ ०४ पैसा छ । बैकको खराब कर्जा ०.९६ प्रतिशतले बिन्दुले घटेर २.१४ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु