मस्क र जुकरवर्गबीच फेरी सुरु भयो वाकयुक्त



काठमाडौं । टेक्नोलोजी संसारका दुई महारथ एलन मस्क र मार्क जुकरवर्गबीच फेरी एक पटक वाकयुक्त सुरु भएको छ ।


एक्स(पहिले ट्वीटर) का मालिक एलन मस्कले पछिल्लो समयमा मेटा (फेसवुक) को सीईओ मार्क जुकरवर्गलाई जुनसुकै स्थान, समय र नियमअनुसार आफु लडन तयार रहेको बताएपछि ती दुवैबीच वाकयुद्ध सुरु भएको हो ।


केहि समयअघि अमेरिकाको संसदमा इजराइलको प्रधानमन्त्री बेंजामिन नेतन्याहुले भाषणको क्रममा मस्कले जुकरवर्गविरुद्ध प्रतिक्रिया दिएका थिए । मस्कले त्यहाँ जुकरवर्गसँग आफु कुनै पनि स्थान, समय र नियम अनुसार लड्त तयार रहेको प्रतिक्रिया दिएका थिए ।

मस्कको यो प्रतिक्रिया सामाजिक सञ्जालमा निक्कै वायरल भएको थियो । यो प्रतिक्रियापछि जुकरवर्गले हामी यस्तो किन गरिरहेका छौं भनेर प्रतिक्रिया दिएका थिए ।

जुकरवर्ग र मस्कबीच गत बर्ष पनि यस्तै वाकयुक्त चलेको थियो । गत बर्ष मस्कले केज फाइटिङ्गको लागि जुकरवर्गलाई आमन्त्रण गरेका थिए । मेटाको थ्रेड्स सोशल मीडिया प्लेटफर्म सार्वजनिकपछि ५२ बर्षीय मस्क र ३९ बर्षीय जुकरवर्गबीच सार्वजनिक वाकयुद्ध त्यो वेलादेखि सुरु भएको थियो ।

थ्रेड्स एक्स(पहिले ट्वीटर) को प्रतिलिपी भएको भन्दै मस्कले पछिल्लो समयमा जुकरवर्गसँग वाकयुद्ध गर्दैआएका छन् ।


क्लिकमान्डु