यस्तो छ भर्खरै नेपाल भित्रिएको हिल्टन



काठमाडौं । विश्वप्रशिद्ध होटल चेन हिल्टनले नेपालमा सेवा शुभारम्भ गरेको छ । हिल्टन काठमाडौंको सुरुवात सँगै हिल्टन नेपाल भित्रिएको हो ।

नक्सालमा अवस्थित यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ४ किलोमिटरको दुरीमा रहेको छ भने ठमेल, दरवार मार्ग जस्ता प्रख्यात पर्यटकीय स्थलहरु यहाँबाट मात्र केही मिनेटको दूरीमा पर्दछन्, जसले गर्दा यो होटल व्यवसायिक तवरमा र छुट्टि मनाउन आउने दुवै किसिमका पर्यटकहरुका लागि उपयुक्त स्थल बनेको छ । नेपालको प्रमुख व्यापारिक घराना शंकर समुहको लगानी रहेको यो अद्वितीय होटलले भारतीय उपमहाद्विपमा हिल्टनको दरिलो विकास र विस्तारमा उल्लेख्नीय कोसेढुंगा साबित भएको छ । नेपाल उच्च पर्यटक गन्तव्यको रुपमा माग भएको देशमा पर्दछ र साहसिक पर्यटन, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुका लागि आम पर्यटकहरुमाझ प्रख्यात छ ।

काठमाडौंको सबैभन्दा अग्लो यस होटलमा रहेका १७२ वटा कोठाहरुबाट पाहुनाहरुले हिमालय श्रृंखलाको अतुलनीय मनमोहक दृश्य अवलोकन गर्नुका साथै व्यक्तिगत तवरमा समेत विशिष्ट अनुभव हासिल गर्नेछन् ।

काठमाडौं उपत्यकाको मुटुमा रहेको हिल्टन काठमाडौंको निर्माण शैलीमा नेपालको समकालीन डिजाइनका साथ समृद्ध सम्पदालाई उत्कृष्टताका साथ उतारिएको छ । काठमाडौंको सबैभन्दा अग्लो र सिसै सिसाको बाह्य भाग भएको एकमात्र होटल हिल्टनबाट देखिने लाङ्टाङ उपत्यकाको हिमाली श्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । अद्भूत, आरामदायी कक्षदेखि प्रसिडेन्सियल सुइटसम्मको विविधता भएका कोठामा शान्ति र करुणालाई प्रतिबिम्बित गर्ने प्रार्थनाका ध्वजाहरुबाट प्रेरित छन् । यसको बाह्य भागहरुमा सजाइएको ठाडो सिसाका पत्रहरु प्रकाश संगसंगै रङ्ग बदल्ने किसिमका छन् भने कर्मचारीको पोशाक, प्रतीक्षालय र अन्य अतिथि कक्षहरु सबै परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन् । प्राकृतिक प्रकाशमा होटललाई डुबाउने भुईंदेखि छतसम्म विछ्याइएका सिसाका भित्ताहरुसहितको चित्ताकर्षक डिजाइनले हिमाली दृश्यहरुलाई अझ व्यापक बनाइदिन्छन् । अवार्ड जितेका आर्किटेक्चरल विशेषताहरु जस्तैः क्यान्टिलिभर भएको प्रवेशद्वार, तापक्रम नियन्त्रित रुफटप पूल, चौबिसै घण्टा खुल्ला रहने डाइनिङ आउटलेटका साथै नेपालका प्राकृतिक छटाहरु र शहरी परिदृश्यहरु सजावट सहितको थप मनोरम दृश्यहरु उपलब्ध छन् ।

हिल्टनका ब्रान्ड म्यानेजमेन्ट, एशिया प्यासिफिक, हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेण्डर ज्यारिचले शताब्दीभन्दा अघिदेखि नै अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा हिल्टनको बर्चस्व रहँदै आएको बताए । ‘हिल्टन काठमाडौं हाम्रो पोर्टफोलियोमा थपिएको एक अर्को संस्करण हो र अतिथीहरुलाई यो अलौकिक गन्तव्यमा निमग्न गराउन र उनीहरुलाई लाङटाङ हिमालको पृष्ठभूमिमा नेपालको समृद्ध ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको अनुभूति दिलाउन होटललाई हरेक पक्षबाट सावधानीपूर्वक डिजाइन गरिएको छ,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सामिप्यमा रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय शहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिन्छ । हर स्थलमा सहज पहुँच राख्ने स्थानमा रहेकोले यहाँबाट पैदल दूरीमा क्याफेहरु, पबहरु, गेमिङ हबहरु र मनोरञ्जनात्मक स्थलहरु फेला पार्न सकिन्छ । यसका अतिरिक्त होटलबाट नारायणहिटी संग्रहालय र दरबार मार्ग पनि नजिकै रहेको हुँदा काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदामा पनि सहज पहुँच रहेको छ ।

नेपालमा हिल्टनको परिचयात्मक आतिथ्यतालाई प्रवेश गराउँदै होटलले अतिथिहरुका लागि विशेष अनुभवहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चाहे यो सामान्य सेवा होस् या जीवनमा गरिने एकपटकको साहसिक कार्यको लागि शेर्पाहरुसँगको समन्वय होस् वा होटलले स्पामा प्रदान गर्ने व्यक्तिगत सुस्वास्थ्यका कार्यक्रमहरु हुन्, अतिथिहरुलाई अद्वितीय लाग्ने नेपालका ती विविध अफरहरुको मज्जा लिन प्रोत्साहित गरिनेछ ।

हिल्टन काठमाडौंमा भएका अन्य उल्लेख्य विशेषताहरुमा चेक इन र आउटको समयमा लचकता हुनु, कोठाका छनौट र एक्जुकेटिभ लाउन्जमा विशेष पहुँच लगायतको स्तरोन्नतियुक्त सेवाहरु, र आन्तरिक एवं बाह्य प्रयोजनका उपयुक्त ब्यान्क्वेट स्थानहरु रहेका छन् ।

हिलटन इन्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुबिन सक्सेनाले समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा हाम्रो रणनीतिक प्रवेशका साथ हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा हामी अत्यन्त हर्षित रहेको बताए । उनले भने, ‘यो शुभारम्भसँगै भारतीय उपमहाद्विपमा हिल्टनको पदचिन्ह विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई बल मिलेको छ । हिल्टन काठमाडौंको साथमा हामी हिल्टनको विश्व स्तरीय मापदण्डसँग नेपाली आतिथ्यताको सुगन्धलाई मिसाउँदै अतुलनीय अनुभवहरु प्रदान गर्न कटिबद्ध छौं ।’

शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिल्टन जस्तो विश्वव्यापी शक्तिशाली ब्राण्डसँग जोडिँदै काठमाडौंमा अर्को आकर्षण थप्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताए । ‘हामीले होटललाई अत्यन्त सावधानीपूर्वक सिर्जना गरेका छौं, जसले यो जीवन्त गन्तव्यको भावनालाई समेट्दै ब्राण्डको परिचयात्मक आतिथ्यतालाई मूर्त रुप प्रदान गरेर नेपाली सम्पदालाई उत्सवमय बनाएको छ,’ उनले भने, ‘हामी काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशिला बन्न र विश्वभरका अतिथिहरुलाई स्वागत गर्न तत्पर छौं ।’

हिलटन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरु उपलब्ध छन्, जसमा स्थानीय परिकारका स्वादहरु देखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरुको मिश्रणको अनुभवहरु बटुल्न सकिन्छ । प्रतिक्षालय तहमा द लाभा बक्स र हाभाले फटाफट लिएर जाने खानाहरु देखि बिस्ट्रो शैलीका डाइनिङसम्मको विभिन्न स्वादहरु पस्कन्छन् । तेह्रौं तल्लामा आशा रहेको छ, जहाँ ताजाताजा सामग्रीहरुबाट सेफहरुले तयार पार्ने व्यक्तिगत परिकारको प्रत्यक्ष कुकिङ्ग स्टेशनहरु देख्न सकिन्छ । ओरियन रुफटप बार, जसको नामाकरण काठमाडौंबाट देखिन नक्षत्रको नामबाट गरिएको छ । त्यहाँ बसेर दिनमा र रातमा हुने परिवर्तनको आश्चर्यजनक दृश्यहरु हेर्न सकिन्छ । साथै, छतमा रहेको पूल बार, लायरामा क्याबानाज र सन लाउन्जरहरु रहेका छन्, यो स्थान जादुयी पहाडी दृश्यहरु अवलोकन गरेर अलफ्रेस्को ड्रिन्कहरु र डाइनिङ्गको आनन्द लिन उपयुक्त छ ।

दिगोपन प्रति हिल्टनको प्रतिबद्धताको एक हिस्सा स्वरुप हिल्टन काठमाडौंले विचारशील अतिथिहरुलाई अनुभव उपलब्ध गराउँदा आफ्नो वातावरणीय पलचिन्ह कम गराउने लक्ष्यका साथ वातावरण मैत्री अभ्यासहरुलाई अंगीकार गरेको छ । होटलमा वातावरणीय मैत्री सुविधाहरु जस्तै इभी चार्ज गर्ने २ वटा स्टेसन र इलेक्ट्रिक सवारीहरुको ग्रीन फ्लीट रहेका छन् । सम्पूर्ण अतिथिहरुको सुरक्षित बसाई सुनिश्चित गर्न भवनको पूर्वाधारमा जर्मन प्रविधिको भुकम्प प्रतिरोधात्मक उपकरणहरु जडान गरिएका छन् ।

हिल्टन काठमाडौं हिल्टनको २४ विशिष्ट होटल ब्राण्डहरुको लागि अवार्ड विजयी अतिथि समर्पित कार्यक्रम हिल्टन अनर्सको एक हिस्सा हो । हिल्टन अनर्सका सदस्यहरु, जसले सही हिल्टनका माध्यमहरु मार्फत् सिधै बुक गर्छन्, उनीहरुलाई बसाई बुक गर्न नगद वा प्वाइन्टमध्ये लगभग कुनै पनि संयोजन छनौट गर्न लचिलो भुक्तानी प्रक्रियासहित एकजना विशेष सदस्यलाई छुट र निःशुल्क स्तरीय वाइफाइ लगायतका तत्काल लाभहरुमा पहुँच रहनेछ । सदस्यहरुले उद्योगको अग्रणी हिल्टन अनर्स मोबाइल एप मार्फत् विशेष रुपमा उपलब्ध लोकप्रिय डिजिटल माध्यमहरुको मज्जा पनि लिन सक्नेछन जसबाट हिल्टन अनर्स सदस्यहरुले चेक इन गर्ने र उनीहरुको कोठा चयन गर्ने कार्य गर्न सक्छन् ।

हिल्टन काठमाडौं एशिया प्यासिफिक क्षेत्रमा रहेका लगभग ९० वटा हिल्टन होटल एण्ड रिसोर्टसँग जोडिएको छ, जसमा हालै संचालनमा आएको हिल्टन सिंगापुर अर्चार्ड र हिल्टन सेगन पनि रहेका छन् । हिल्टनको चेनमा सांघाई, हैदराबाद र कियोतोमा संचालनमा आउन लागेका समेत समावेश छन् ।


क्लिकमान्डु