कैलालीको विद्यालयमा माछापुच्छ्रे बैंकको पूर्वाधारसहित खानेपानी सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । यही साउन १८ गते शुक्रबार औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेको पूर्वाधार विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेकाले बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार निर्माण गरेको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।


क्लिकमान्डु