झापाको दुर्गापुरमा प्रभु बैंकको ३ सय १४औं शाखा



काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापा जिल्लाको पाँचौं र देशभरको ३ सय १४ औं शाखाको रुपमा यो शाखा सञ्चालनमा आएको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका छन् । कार्यक्रममा विशेष अतिथिको रुपमा कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले स्थानीयहरुको जनजीविका उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रलाई आर्थिक रुपमा चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।

यस्तै, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३ सय १४ शाखा कार्यालयहरु, २ सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु