५ वर्षपछि पुनः नेपाल उडान गर्दै एयर एसिया, हप्तामा ७ उडानमध्ये ४ वटा भैरहवाबाट गर्न अनुमति




काठमाडौं । एयर एसिया ५ वर्षपछि पुनः नेपाल फर्कदैं छ । यो वायुसेवाले काठमाडौंसँगै भैरहवाबाट सीधै थाइल्याण्ड उडान गर्ने गरी अनुमति पाएको छ । नेपालमा उडान अनुमति पाएको यो वायुसेवाले थाइ एयर एसियाको नाममा थाइल्याण्डबाट सीधै भैरहवा र काठमाडौंमा उडान गर्ने भएको हो ।

एयर एसियाले थाइल्याण्डबाट काठमाडौंमा ३ र भैरहवामा सातामा ४ वटा उडान गर्ने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता हंसराज पाण्डेले क्लिकमान्डुलाई जानकारी दिए । उनका अनुसार यो वायुसेवाले तिर्नुपर्ने बक्यौता सबै चुक्ता गरेर उडान अनुमति पाएको हो ।

यस अघि मलेसियाबाट काठमाडौंका लागि लगातारत ६ वर्ष उडान गरेर बन्द गरेको यो वायुसेवाले अब भने थाइल्याण्डबाट भैरहवा र काठमाडौंमा उडान गर्ने भएको हो ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न जोड गरेको उड्डयन प्राधिकरणले काठमाडौंको तुलनमा गौतमबुद्ध विमानस्थलमा हुने उडानलाई प्राथमिकता दिन आग्रह गरेको थियो । प्राधिकरणले भैरहवाबाट हुने उडानलाई जोड दिएकै कारण सातामा काठमाडौंबाट भन्दा बढी उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिइएको पनि प्राधिकरणको भनाइ छ ।

यो वायुसेवाले नेपालमा उडान बन्द गरेसँगै उडान शुरुवातको गन्तव्य परिवर्तन गरेर पुनः सेवा सुरु गर्न लागेको हो । यसले मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा ६ वर्ष नियमित उडान गरेको थियो । एयर एसिया एक्स घाटामा जान थालेपछि पाँच वर्षदेखि नेपालमा यसको उडान बन्द छ ।

यो वायुसेवाले थाई एयर एसियाको नामबाट बैंकक-काठमाडौं, र बैंकक–भैरहवा दुईतर्फी उडान गर्न अनुमति पाएको हो ।
एयर एसियाकै भगिनी कम्पनी थाई एसियाले बैंकक काठमाडौं सातामा ७ वटा उडान गर्न गत वैशाखदेखि नै प्रक्रिया अगाडि बढाएको थियो ।

उड्डयन प्राधिकरणका अनुसार यो वायुसेवा कम्पनीले १८ करोड बक्यौतालाई किस्ताबन्दीमा तिर्ने सुविधा माग गरेको थियो । ४ करोड रुपैयाँ तिरिसकेको कम्पीले बक्यौता चुक्ता गर्दै थाइल्याण्डको बैंककबाट काठमाडौं आउने इच्छा देखाएको र त्यसलाई अनुमति दिएसँगै उडान तालिकासमेत स्वीकृत गरेको हो ।

एयर एसिया थाइल्याण्डले एक वर्ष अगाडि नै नेपालमा उडान गर्ने इच्छा देखाएको भए पनि बक्यौता बाँकी राखेको मलेसियन कम्पनीकै वायुसेवा थाइल्याण्डबाट आउने भए पनि प्राधिकरणले उसको प्रस्तावलाई स्वीकृत गरेको थिएन ।

मलेसियाबाट उडान गर्ने एयर एसियाले बक्यौता राखेका कारण थाइल्याण्डबाटसमेत आउन ढिलाइ प्राधिकरणको भनाइ छ ।
एयर एयसियाले पुनः नेपालमा उडान गर्न बक्यौता तिर्न थालेको, युनिभर्सल ट्राभल एण्ड टुर्सलाई जनरल सेल्स एजेन्ट्स ९जीएसए० तोकेको र किस्ताबन्दीमा पैसा तिर्दै प्रक्रियासमेत अगाडि बढाएको छ । यो वायुसेवाले गत वैशाख पहिलो सातामै उडान अनुमतिको लागि निवदेन दिएको प्राधिकरणका पनि प्राधिकरकणको भनाइ छ ।

यसले आगामी अक्टोबरबाट उडान गर्ने भएको छ । भैरहवामा उडान गर्दा तत्कालै लाभ नहुने भएपछि चासो नदेखाएका विदेशी वायुसेवालाई हवाई सेवा सम्झौतामा काठमाडौं बाहिरका विमानस्थल नतोकिएको हुँदा दबाब दिन पनि नसकिएको प्राधिकरणको भनाइ छ ।

११ वर्ष अगाडि मेलेसियाबाट काठमाडौंमा नियमित ६ वर्ष उडान गरेको एयर एसिया एक्सले यात्रु कम भएको र नेपाल उडानबाट लाभ नभएको भन्दै फिर्ता गएको थियो । अहिले यही वायुसेवा थाइल्याण्डबाट आउन चासो देखाएको छ । नेपालमा पर्यटक ल्याउन रुची देखाउने वायुसेवाको उडानका लागि मलेसियाबाट कुटनीतिक पहलसमेत भएको थियो ।

थाइल्याण्डबाट हाल नेपालमा दुईवटा वायुसेवाले नियमित उडान गर्दै आएको छ । हाल थाइल्याण्डबाट थाइ लायन र थाइ एयरवेजको नियमिन उडान छ ।

एयर एसियाका लागि जीएसए नियुक्त भएको युनिभर्सल टुर्स एण्ड ट्राभलसँग एमिरेट्स एयर, कोरियन एयर, फ्लाई दुबईकोसमेत जीएसए छ । यस अघि एयर एयसियाको नेपाल जीएस पाएको हरिमान लामाको इन्सेन्टिभ टुर्सकोले जीएसए पाएको थियो । लामाकै वद्मासीका कारण नेपालबाट एयर एसिया एक्स फिर्ता गएको अर्थाइएको छ ।


राजु बास्कोटा