कालिमाटी तरकारी बजारमा आज : बन्दामा ९ रुपैयाँ बढ्यो, अन्यको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी बजारमा शुक्रबार स्वदेशी ठूलो गोलभेडा ७६.६७ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा १७.६७, टनेलको सानो गोलभेडा २९.४०, रातो आलु ६८, मुढे रातो आलु ५४, सेतो आलु ५३.५०, प्याज ८३, गाजर ११५, बन्दा ६६.६७, स्थानीय काउली ८६, ज्यापु काउली ९५, सेतो मुला २० र लाम्चो भान्टा ४६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बन्दामा शुक्रबार प्रतिकिलो ९ रुपैयाँ बढेको छ । बिहिबार प्रतिकिलो ५७.६७ मा बन्दा बिक्री भएको थियो ।

यसैगरी तने बोडी ५४, घिउ सिमी ४५, टाटे सिमी ११६.६७, तिते करेला ४४, लौका २५, परवर ५६, चिचिण्डो ५५, घिरौला ३५, झिगुनी ६६.६७, पाकेको फर्सी ५८.३३, हरियो डल्ले फर्सी ६५, भिण्डी ३५, स्कुस ५६.६७, रायो साग ८६.६७, तोरीको साग ६५, ब्रोकाउली १९०, कटहर ४०, भेडे खुर्सानी ११४, अदुवा २०० र स्वदेशी लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु