क्लासिक टेकको सवा अर्बको ऋण रेटिङ
काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १ अर्ब २९ करोड ९९ लाख रुपैयाँ ऋण लिन रेटिङ गराएको छ । जसमध्ये ७९ करोड ९० लाख रुपैयाँको दीर्घकालीन ऋण र ५१ करोड रुपैयाँको अल्पकालीन ऋणको लागि रेटिङ गराएको केयर रेटिङले जनाएको छ ।
क्लासिक टेकले रेटिङका लागि आवश्यक सम्पूर्ण तथ्यांक उपलब्ध नगराएकोले यसको ऋण रेटिङ मात्रै सार्वजनिक गरेको पनि रेटिङ एजेन्सीले जानकारी दिएको छ । त्यसकारण ६ महिनासम्म निरन्तर अनुगमन गरेपछि नेपाल धितोपत्र बोर्ड तथा सर्वसाधारणलाई यथार्थ सुचित गराउने तथा रेटिङ पनि पुनः संशोधन गर्ने एजेन्सीले जानकारी दिएको छ ।
क्लासिक टेक सन् २००९ मा जेरो प्वाइन्ट रेमिट प्रालिको नामबाट स्थापित कम्पनी हो । यसले सन् २०१० मा इन्टरनेट सेवा प्रदायक र सन् २०१४ देखि नेटवर्क सर्भिस प्रोभाइडरको रुपमा काम गर्दै आएको छ ।
क्लासिक टेकले फाइबर इन्टरनेटको सेवा पनि दिँदै आएको छ । क्लासिक टेक नेपालको चौथो ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो ।