इसेवाबाट दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा अतिरिक्त शुल्क लाग्‍ने



काठमाडौं । अनलाइन भुक्तानी सम्बन्धी एप इसेवाले दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा अतिरिक्त सेवा शुल्क तिर्नुपर्ने जनाएको छ । यही २०२४ अगस्ट १ देखि लागु हुने गरी इसेवाले नयाँ प्रावधान ल्याएको हो ।

जवकि दिनमा ३ पटकसम्म पैसा पठाउँदासम्म अतिरिक्त शुल्क लाग्दैन । अर्थात् महिनाभर ३० पटकसम्म पैसा पठाउँदा पनि अतिरिक्त शुल्क नलाग्ने इसेवाले जनाएको छ । तर एकै दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा भने अतिरिक्त १० रुपैयाँ सेवा शुल्क लाग्ने बताइएको छ ।

साथै महिनामा ३० पटकन्दा बढी पैसा पठाए पनि अतिरिक्त शुल्क लाग्नेछ । ‘सेन्ड मनी कारोबार दिनमा ३ पटक गरी महिनामा ३० पटकसम्म निशुल्क रहनेछ ।

साथै १ सयभन्दा कमका सबै सेन्ड मनी कारोबार निशुल्क रहनेछन्,’ इसेवाले सूचना जार्दै लेखेको छ, ‘यो बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रुपैयाँ सेवा शु्ल्क लागु हुनेछ ।’

इसेवा पहिलो अनलाइ भुक्तानी माध्यमको रुपमा एफ१ सफ्ट इन्टरनेसनल कम्पनीले २००९ को जनवरीमा स्थापना गरेको हो । अनलाइन माध्यमबाट रकम लेनदेनका लागि प्रयोगकर्ताहरुमाझ यो लोकप्रिय रहँदै आएको छ ।


क्लिकमान्डु