सुनको मूल्य तोलामा ४ सयले बढ्यो, कतिमा भइरहेछ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा आज बिहीबार पहेँलो धातुको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४५ चार सय निर्धारण भएको छ ।

उता, चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।


क्लिकमान्डु