स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः उपाध्यक्ष वैद्य



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि वीरगंजमा आयोजित तीनदिने तालिमको बुधबार उद्घाटन समारोहमा बैद्यले यस्तो बताएका हुन् ।

उद्धघाटन कायक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो र यसको अर्थतन्त्रमा योगदान के छ भन्ने विषयमा प्रकास पारेका थिए ।

यस्तै, स्याहार कामको लागि वैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भए पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकारसँगै निजी क्षेत्र र यसका सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सशक्त महिला सम्बृद्ध नेपाल परियोजानासँगको सहकार्यमा मदेश, कर्णाली र सुदूरमश्चिम प्रदेशहरुमा कार्यक्रम गरिँदै आएको पनि उनले जानकारी दिए ।

महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगन्ज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बताएका थिए ।


क्लिकमान्डु