विमान स्टार्ट गर्दा देखियो समस्या, जनकपुरमै रोकियो यतिको जहाज



फाइल फोटो ।

काठमाडौं । जनकपुरधामबाट काठमाडौं आउन लागेको यति एयरलाइन्सको जहाजमा समस्या देखिएको छ । समस्या देखिएपछि जहाज विमानस्थलमै रोकिएको छ ।

यती एयरलाइन्सको ९ एन-एएमएन जहाज जनकपुर विमानस्थलमा अवतरण गरेर पार्किङमा पुगेपछि प्राविधिक समस्या देखिएको थियो।

इन्जिन स्टार्ट गर्ने बेलामा एउटा बत्ति नबलेको पाइएपछि उडान रोकिएको यति एयरलाइन्सले जनाएको छ ।
जनकपुरबाट पुन काठमाडौं फर्कन लागेको जहाजमा केहि यात्रु चढ्न बाँकी रहेको बेला इन्डिकेटरमा समस्या देखिएको थियो ।

विमानको जाँचका लागि प्राविधिक टोली जनकपुर पुगेका छन् ।


क्लिकमान्डु