सिटिजन्स बैंकका ग्राहकलाई वीरगन्जको सूर्य हस्पिटलमा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ ।

सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले अपेक्षा गरेको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।


क्लिकमान्डु