मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त



काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आचार्य स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।

आचार्यलाई साउन १६ गते अर्थात् आजदेखि लागु हुने गरी ४ वर्षको कार्यकाल लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको बैकले एक सूचनामार्फत जानकारी दिएको छ ।

२० वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दैआएका छन् ।


क्लिकमान्डु