लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालकाे ‘कर्पोरेट सोसियल अवार्ड’ शनिबार



काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्वहरुलाई सम्मान गर्न शनिबार लाइन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्ने भएको छ ।

साउन १९ गते शनिबार आयोजना हुने लाइन्स कर्पोरेट सोसियल अवार्डको चौथो ऋंखला हो । यसअघि पनि समाजमा रहेका विभिन्न वर्ग, क्षेत्र र पेशाका ब्यक्तित्वहरुलाई उनीहरुले पुर्याएको योगदानका लागि लायन्स क्लबले सम्मान गर्दै आइरहेको छ ।

समाजमा ब्याप्त नकारात्मकता तथा केहि भएन भन्ने सोचका बिच लायन्स क्लबले समाजमा भएका सकारात्मक कामको सम्मान गर्दा समाजमा योगदान दिनेहरुलाई हौसलामात्र नभइ अन्य विभिन्न वर्ग तथा पेशामा रहेकाहरुलाई पनि प्रेरणाको स्रोत हुने आयोजकले जनाएका छन् ।

लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले मंगलबार पत्रकार सम्‍मेलन गरेर विभिन्‍न ११ विधामा अवार्ड घोषणा गर्न लागेको जानकारी दिएको हो ।

लायन्स क्लब अफ काठमाडौंका कर्पोरेट नेपाल संस्थापक अध्यक्ष किशोर भट्टराईका अनुसार सोसियल प्लेयर अवार्ड, स्पोर्टस् म्यानेजमेन्ट अवार्ड, सोसियल कर्पोरेट हाउस अवार्ड, सोसियल कर्पोरेट लिडर अवार्ड, सोसियल सेलिब्रेटी अवार्ड, सोसियल म्यानेजमेन्ट अवार्ड, सोसियल एकाडेमिक अवार्ड, सोसियल ब्यूरोक्र्याट अवार्ड, सोसियल स्पिरिचुअल अवार्ड, सोसियल जर्नालिजम अवार्ड र कर्पोरेट सीएसआर अवार्ड रहेका छन् ।

‘यी ११ वटा विधामा वेस्ट पर्सनालिटीलाई अवार्ड प्रदान गर्नेछौं,’ उनले भने ।

लायन्स क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले विगत ३ वर्षदेखि लायन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्दै आइरहेको पनि उनले जनाए ।


क्लिकमान्डु