श्री एयरलाइन्सकी एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा यात्रु पक्राउ



काठमाडौं । श्री एयरलाइन्सको एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा एक यात्रुलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्समा यात्रुले एयर होस्टेसलाई दुर्व्यवहार गरेको भन्दै विमान धनगढीमा अवतरण भएपछि त्यहाँको प्रहरीले यात्रुलाई पक्राउ गरेको हो ।

कैलाली प्रहरीका अनुसार धनगढीमा विमान अवतरण भएपछि यात्रु शिवराज ओझालाई पक्राउ गरिएको हो । कैलालीको गोदावरी नगरपालिका १ का ओझालाई प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको पनि जनाएको छ । प्रहरीका अनुसार मंगलबार ती यात्रु धनगढी जाने क्रममा एयरहोस्टेससँग विवादपछि दुर्व्यवहार गरेका थिए ।


क्लिकमान्डु