सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार १ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला एक हजार सात सय ४० रूपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु