हिमालयन बैंकको बनेपा शाखा पनौतीमा स्थानान्तर



काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविकको स्थानबाट करिब ६ किमी दक्षिणतर्फ पनौती नगरपालिका-७ को पनौती बसपार्कमा स्थानान्तर गरेको छ ।

यही साउन १३ गते आइतबारबाट नियमित रुपमा बैंकले पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरु उपस्थित थिए ।


क्लिकमान्डु