मन्त्रिपरिषदका चार निर्णय सार्वजनिक



काठमाडौं । साउन ७ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका ४ वटा निर्णय सार्वजनिक गरिएको छ ।

बैठकले समृद्धिका लागि वन आयोजनाको लागि विश्व बैंकबाट थप १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

साउन २२ देखि २४ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिक खेल समारोहमा साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुखसचिव पदमा सहसचिव माहादेव पन्थलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ ।


क्लिकमान्डु