सुरक्षित कारोबार ऐन संशोधन गर्दा कर्जामा समान पहुँच विस्तार हुन्छ: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन-२०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढंगले पहुँच विस्तार गर्न सकिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सौद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले अचल सम्पत्ति नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताए ।

उनले निष्क्रिय रुपमा रहेको चल सम्पत्ति समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए । ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई विस्तार गर्न सकिने पनि उनले बताए । उनले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताए।

‘यो ऐनबाट हुने लाभ भनेको अचल सम्पत्ति नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा सम्मान ढङ्गले पहुँच विस्तार गर्नसक्छ । निक्रिय रुपमा रहेको चल सम्पत्तिसमेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । मुलुकमा आर्थिक कारोबारलाई विस्तार गर्न सकिन्छ । यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्नसक्छौं,’ अर्थमन्त्री पौडेलले भने ।

चल सम्पत्तिलाई धितो मानेर कारोबार गर्ने अभ्यास गर्दै आएको भन्दै मन्त्री पौडेलले शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण पाउन सक्ने व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् । साथै यसलाई पनि कानूनसम्मत तरिकाले कार्यान्वयन गर्नको लागि ऐनको संशोधन उपयोगी हुने उनले बताए ।


क्लिकमान्डु